नबिल बैंक र अलोइबीच डिजिटल ग्रिन फाइनान्सिङका लागि सहकार्य

हिमाल प्रेस २२ पुष २०७९ १३:०८
4
SHARES
नबिल बैंक र अलोइबीच डिजिटल ग्रिन फाइनान्सिङका लागि सहकार्य

काठमाडौँ- नबिल बैंक लिमिटेडले ग्रिन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ।

यसअनुसार नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाको अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ।

नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

शाक्यले दिगो वित्तपोषणका रूपमा व्यावसायिक विद्युतीय सवारीलाई सहजरूपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए।

दिगो बैंकिङको रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीलाई सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ।

प्रकाशित: २२ पुष २०७९ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =