पत्रकार महासंघको टोलीसँग प्रधानमन्त्रीले भने : प्रेस स्वतन्त्रताप्रति संवेदनशील छु

हिमाल प्रेस २१ पुष २०७९ १७:१४
6
SHARES
पत्रकार महासंघको टोलीसँग प्रधानमन्त्रीले भने : प्रेस स्वतन्त्रताप्रति संवेदनशील छु

काठमाडौँ- नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार भेटवार्ता गरेको छ।

महासंघका अध्यक्ष बिपुल पोखरेलको नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो।

उनीहरूले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनेर बधाइसमेत दिएका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलूकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए। प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको हितप्रति संवेदनशील रहेको बताउँदै महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =