आहा रारा गोल्डकप : दुई क्यामरुनी खेलाडी चम्किँदा संकटा फाइनलमा

हिमाल प्रेस २० पुष २०७९ २०:११
12
SHARES
आहा रारा गोल्डकप : दुई क्यामरुनी खेलाडी चम्किँदा संकटा फाइनलमा

काठमाडौँ- एपीएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटा क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। संकटाको जितमा फेरि एकपटक दुई क्यामरुनी खेलाडी नायक बने। यसअघि क्वार्टरफाइनलमा गोल गर्ने मेसुके ओलोमौउ र स्टेफन बिनोङ बुधबार पनि गोल गरे।

पोखरा रंगशालामा भएको खेलमा ओलोमौउ र बिनोङले दुई–दुई गोल गर्दा एपीएफबाट हरि कार्कीले एक गोल फर्काए।

संकटा अब फाइनल प्रवेशका लागि चर्चब्वाइज क्लब र अमेरिकाबाट आएको भुटनिज युथ स्पोर्ट्स क्लबबीचको विजेतासँग भिड्नेछ।

स्ट्राइकर बिनोङले पाँचौँ मिनेटमा गोलको खाता खोलेका थिए। एपीएफका गोलरक्षक राजु योगी र रक्षक दीपेश धिमालबीच तालमेल नमिल्दा बिनोङले बल भेटेका थिए। जसलाई उनले सजिलै जाली चुमाए।

दोस्रो गोल भने ओलोमौउको नाममा रह्यो। बिनोङको पसमा लेफ्ट विंगर ओलोमौउले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए। ६१ औँ मिनेटमा भने बिनोङ आफैँले गोल गरे। अर्का विदेशी खेलाडी आन्द्रे थिएरी बियिकले निकालेको लामो पास सदुपयोग गर्दै बिनोङले गोल गरेका थिए।

उनै बियिकको पासमा ओलाेमौउले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। एपीएफका हरिले ७४ औँ मिनेटमा एक गोल फर्काएका थिए।

एपीएफ धरान फुटबल क्लबलाई पन्छाएर सेमिफाइनलमा आइपुगेको थियो। संकटाले भने लिग च्याम्पियन मछिन्द्र क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो।

प्रकाशित: २० पुष २०७९ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =