आइएमई लाइफको प्रिमियम भुक्तानीमा एक हजार क्यासब्याक

हिमाल प्रेस २० पुष २०७९ ११:३४
48
SHARES
आइएमई लाइफको प्रिमियम भुक्तानीमा एक हजार क्यासब्याक

काठमाडौँ- आइएमई पे र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई पे वालेटबाट आइएमई लाइफको बिमा प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक दिने व्यवस्था मिलाइएको छ।

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बिमा प्रिमियम भुक्तानी गर्न ग्राहकलाई प्रोत्साहन मिल्ने बताए। प्रिमियम भुक्तानी गरेलगत्तै एक हजार बोनस प्राप्त गर्ने उनले जानकारी दिए।

प्रकाशित: २० पुष २०७९ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =