ग्लोबल आइएमई बैंकको देशव्यापी रक्तदान कार्यक्रम

हिमाल प्रेस १९ पुष २०७९ ११:५५
4
SHARES
ग्लोबल आइएमई बैंकको देशव्यापी रक्तदान कार्यक्रम

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

पुस १८ गते बैंक स्थापना भएको १६ वर्ष पूरा भएको छ। यही अवसरमा रगतको अभावले उपचारमा असर नगरोस् भन्दै बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा, मिर्चैया शाखा, कान्तिपथ, भरतपुर, पोखरा न्युरोड शाखा, घोराही, सुर्खेत र धनगढी शाखाले रक्तदान कार्यक्रम गरेका थिए।

देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताबाट २४२ लिटर रगत संकलन भएको बैंकले जनाएको छ। बैंकले यो कार्यक्रम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो।

प्रकाशित: १९ पुष २०७९ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =