‘गान्धी गोडसे एक युद्ध’ टिजर  : विचारको युद्ध

हिमाल प्रेस १९ पुष २०७९ ११:५२
4
SHARES

काठमाडौँ- हिन्दी फिल्म ‘गान्धी गोडसे एक युद्ध’को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३१ सेकेन्ड लामो टिजरमा महात्मा गान्धी र उनको हत्या गर्ने नाथूराम गोडसेबीचको विचारको द्वन्द्वलाई देखाइएको छ।

टिजरमा ब्रिटिस सरकारबाट स्वतन्त्र भारतलाई देख्न सकिन्छ। भारत–पाकिस्तानको विभाजनपछिको अशान्ति त्यसमा छ। हिंसा छ।

फिल्मको निर्देशन राजकुमार सन्तोषीले गरेका छन्। यस फिल्मबाट उनी निर्देशनमा नौ वर्षपछि फर्किदै छन्। यस फिल्मबाट निर्देशक सन्तोषीकी छोरी तनीषाले फिल्ममा प्रवेश गर्दैछिन्। फिल्ममा दीपक अन्टानी, चिन्मय मांडलेकरलगायत कलाकारको अभिनय छ।

फिल्म जनवरी २६ मा भारतीय गणतन्त्र दिवसका अवसरमा प्रदर्शनमा आउनेछ। फिल्म शाहरुख खानको फिल्म ‘पठान’सँग भिड्ने छ। ‘पठान’ जनवरी २५ मा सार्वजनिक हुनेछ। त्यसले ‘गान्धी गोडसे एक युद्ध’ फिल्मलाई ओझेलमा पारेको छ।

प्रकाशित: १९ पुष २०७९ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =