वामपन्थीहरूबीच एकता जरुरी : नेकपा एस

हिमाल प्रेस १८ पुष २०७९ १७:५०
6
SHARES
वामपन्थीहरूबीच एकता जरुरी : नेकपा एस फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरूले वामपन्थी शक्तिहरूबीच एकता गर्नुपर्नेमा जोड दिएका छन्। सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्यूरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्यूरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी महासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूबीच एकता हुनुपर्ने धारणा राखेको जानाकारी दिए। ‘वाम एकताका सम्बन्धमा सबै नेताको एकमत छ। यस्तै संगठन सुदृढीकरण गर्न आगामी ५ वर्ष पार्टी निर्माण अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरूको एकमत रहनु भएको छ,’ खतिवडाले भने।

उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँग पार्टी एकता गर्ने विषयमा पनि प्रारम्भिक रूपमा छलफल भएको बताए।

प्रकाशित: १८ पुष २०७९ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =