आहा रारा गोल्डकप : संकटा सेमिफाइनलमा

हिमाल प्रेस १८ पुष २०७९ १८:३६
12
SHARES
आहा रारा गोल्डकप : संकटा सेमिफाइनलमा तस्बिर : सुदर्शन रञ्जित

काठमाडौँ- संकटा क्लब २२ औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित दर्ता गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो।

संकटाका जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टिफन बिनोङले एक–एक गोल गरे। आर्मीका तर्फबाट गोल गर्ने खेलाडी नवयुग श्रेष्ठले रहे। संकटाले फाइनल प्रवेशका लागि अर्को विभागीय टिम एपीएफ फुटबल क्लबको सामना गर्नेछ।

चर्च ब्वाइज क्लबले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। सेमिफाइनलमा प्रवेश गर्ने चौथो टिम बन्नका लागि मंगलबार मनाङ मर्स्याङ्दी क्लब र भुटनिज युथबीच प्रतिस्पर्धा हुने तालिका छ।

खेलमा अग्रता आर्मीले लिएको थियो। संकटाका रक्षक निशान खड्काले आर्मीका दिनेश हेम्जनलाई बक्सभित्र लडाएपछि आर्मीले १४ औँ मिनेटमा पेनाल्टी पाएको थियो। जसमा राष्ट्रिय टिमका पूर्वकप्तान नवयुगले सहजै गोल गरे।

संकटा ३६ औँ मिनेटमा खेलमा फर्किएको थियो। मेसुकेले कप्तान सुनिल बलको पासमा गरेको गोलले खेललाई १–१ को बराबरीमा पु¥याएको थियो। सुनिल यही सिजन मछिन्द्र क्लबबाट संकटा पुगेका हुन्।

संकटाको दोस्रो गोल सुरज ज्यु ठकुरीले ७९ औँ मिनेटमा गरे। क्यामरुनी स्ट्राइकर बिनोङले प्रहार गरेको बल बारमा ठोक्किएर फर्किएपछि सुरजले नियन्त्रणमा लिँदै गोल गरेका थिए। आतिरिक्त समयमा तिनै बिनोङले संकटालाई ३–१ को स्थितिमा पुर्‍याए।

गत सिजन लिगमा सातौँ बनेको संकटाले नयाँ सिजनका लागि नाम चलेका खेलाडी भित्र्याएको छ। कप्तान सुनिलसँगै, गोलकर्ता सुरज, निशान, गौतम श्रेष्ठ, आयुष घलान र गोलरक्षक टेकेन्द्र सिंह थापालाई अनुबन्ध गरेको छ। त्यसैगरी न्युरोड टिम (एनआरटी) बाट खेलेका मेसुके, बिनोङ र आन्द्रे थिएरी बियिक पनि यसपल्ट संकटाको जर्सीमा खेल्दैछन्।

उता आर्मीमा भने परिवर्तन भएको छैन। कप्तान भरत खवास, नवयुग, विकास तामाङ, सेसेहाङ आङदाम्बे, विकास खवास, विकेस कुथु, दिनेश हेम्जन लगायतका खेलाडी आर्मीको टिममा छन्।

प्रकाशित: १८ पुष २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =