रास्वपाका स्थगित कार्यक्रम माघ २१ बाट सुरु हुने

हिमाल प्रेस १६ माघ २०७९ ८:४१ | Monday, January 30, 2023
रास्वपाका स्थगित कार्यक्रम माघ २१ बाट सुरु हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ । सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो।

आइतबार सभापतिमा लामिछाने आफ्नो नागरिकता वैध बनाउँदै पुनः सभापतिमा चयन भएपछि माघ २१ गतेदेखि पुनः सुरु गर्ने निर्णय गरिएको हो। जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ।

प्रदेश न १, मधेश प्रदेश र बागमती प्रदेशमा हुने विस्तारित प्रदेश बैठकबारे छिट्टै निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

प्रकाशित: १६ माघ २०७९ ८:४१ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast