राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

हिमाल प्रेस १० माघ २०७९ १३:४० | Tuesday, January 24, 2023
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड बैठकमा सहभागी भएका छन्।

राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव  सभासमक्ष पेस हुने कार्यसूची छ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभासमक्ष पेस गर्ने कार्यसूचची छ।

प्रकाशित: १० माघ २०७९ १३:४० | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast