राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा ८ दलले भाग लिने

हिमाल प्रेस २९ पुष २०७९ ८:०० | Friday, January 13, 2023
राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा ८ दलले भाग लिने

काठमाडौँ- राष्ट्रियसभा उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले भाग लिने भएका छन्।
आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ता गरिसक्न दिएको समयमा ८ दलले नाम दर्ता गरेका हुन्।

माघ २५ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन दिएका हुन्।

लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रियसभा सदस्य पद रिक्त छ। एक सिटका लागि माघ २५ मा उपचुनाव हुनेछ।

आयोगका अनुसार माघ ११ मा उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम छ। नेकपा एमालेका खिमलाल भट्टराईको राजीनामा पछि राष्ट्रियसभाको एक सिट रिक्त छ।

 

प्रकाशित: २९ पुष २०७९ ८:०० | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast