राष्ट्रपति चयनको विषयलाई राजनीतिकरण गर्नु हुँदैन : रामनारायण बिडारी

हिमाल प्रेस १४ माघ २०७९ १८:४१ | Saturday, January 28, 2023
राष्ट्रपति चयनको विषयलाई राजनीतिकरण गर्नु हुँदैन : रामनारायण बिडारी

काठमाडौँ– राष्ट्रियसभाका पूर्वसांसद एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन्।

राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरूबाट मुक्ति मिल्ने बताउँदै उनले राष्ट्रपति चयनको विषयमाथि दलहरूले राजनीतिकरण गर्न नहुने धारणा राखे।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वतन्त्र रूपमा नभई दलगत रूपमा चलेको भन्दै उनको आलोचना गरे। राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍यो भन्दै उनले प्रश्नसमेत गरे।‘राष्ट्रपति निर्वाचनलाई गोप्य किन गर्नुपर्‍यो?,’ उनले प्रश्न गरे।

प्रकाशित: १४ माघ २०७९ १८:४१ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast