राजेन्द्र लिङदेनले भने : संसद्‌मा सभामुखको मात्र रुलिङ चल्छ

हिमाल प्रेस ७ माघ २०७९ १४:१५ | Saturday, January 21, 2023
राजेन्द्र लिङदेनले भने : संसद्‌मा सभामुखको मात्र रुलिङ चल्छ फाइल तस्बिर

काठमाडौँ– उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्रकुमार लिङदेनले संसद्मा सभामुखको मात्र रुलिङ चल्ने प्रस्ट्याएका छन्।

उनले गत प्रतिनिधिसभा निर्वाचनमा सिके राउतले मधेश आन्दोलनका सहिदलाई सम्झन गरेको आग्रह आफूले नमान्नुको कारण सभामुखको रुलिङ नभएको बताएका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मधेश आन्दोलनको अवज्ञा नगरेको बताएका छन्। ‘सभामुखज्यु, म कि सभामुखको रुलिङ मान्छु। कि प्रधानमन्त्रीको,’ उनले भने,‘ सहिदप्रति सम्झेन भनेर गलत प्रचार भइरहेछ। तर होइन।’ उनले आफ्नो पार्टीको मत उपसभामुखमा रीना मगरलाई दिने बताएका छन्।

प्रकाशित: ७ माघ २०७९ १४:१५ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast