फाइल तस्बिर।
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले पाँच सचिवको सरुवा गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको हो।
राया यसअघि वाणिज्य तथा आपूर्ति सचिव थिए भने अर्थ सचिवमा कृष्णहरि पुष्कर थिए। बैठकले पुष्करलाई प्रधानमन्त्री कार्यालय पठाउने निर्णय गरेको छ।
त्यस्तै राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय भएको छ। यसअघि राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए। दंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ। घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।
यसअघि प्रधानमन्त्री कार्यालयको सचिव रहेका मधु मरासिनीले वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी पाएका छन्।
प्रकाशित: २१ पुष २०७९ १३:५४ | Thursday, January 5, 2023
प्रतिक्रिया



