‘फूलबारी’ ट्रेलर : पारिवारिक कथा

हिमाल प्रेस ११ माघ २०७९ १२:०० | Wednesday, January 25, 2023

काठमाडौँ- फिल्म ‘फूलबारी’का ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको ट्रेलर ४ मिनेट ९ सेकेन्ड लामो छ।

फिल्ममा मुख्य भूमिकामा रहेका विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाललगायत कलाकार ट्रेलरमा अटाएका छन्।

फिल्ममा विपिन र अरुणा पति-पत्नीको भूमिकामा छन्। तीन छोराका आमाबुबा उनीहरू बुढेसकालमा एक्लै पर्छन्। सक्षम छोरा आमाबुबाको अवहेलना गर्छन्। प्रियंका कार्की बुहारीको भूमिकामा छिन् भने सोमनाथ, अनुपम, मनीष छोराको भूमिका निर्वाह गरेका छन्।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा कमल किशोर मलपानीको कथा रहेको छ। सामाजिक विषयवस्तुमा बनेको फिल्म फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ। फिल्म आगामी फागुन ५ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: ११ माघ २०७९ १२:०० | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast