प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्‍वासको मत

हिमाल प्रेस २९ पुष २०७९ १६:४२ | Friday, January 13, 2023
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्‍वासको मत हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन्।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ३२ प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन्। कांग्रेसका सांसद प्रदीपकुमार सुनुवार भने अनुपस्थित रहेका थिए।

सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि सदनमा मन्तव्यसहित प्रस्ताव राख्न समय दिएका थिए।

संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार उनले विश्वासको मत लिएका हुन्।

प्रकाशित: २९ पुष २०७९ १६:४२ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast