प्रदेश खारेजीको विषयमा बोलेका कानुनमन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

हिमाल प्रेस १० माघ २०७९ १८:१७
प्रदेश खारेजीको विषयमा बोलेका कानुनमन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

काठमाडौँ- कानुनमन्त्री ध्रुवबहादुर प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरण सोध्ने भएका छन्। प्रधानमन्त्री दाहालले संघीयताको विरोध गर्दै अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोध्ने बताएका हुन्।

मंगलबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘व्यक्तिगत रूपमा संघीयताबारे बोल्ने अधिकार सबैलाई छ। तर मन्त्रिपरिषद्‌मा रहेका सदस्यलाई संघीयताविरोधी अभिव्यक्ति दिने छुट छैन। यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो स्पष्टीकरणको विषय छ।’

केही दिनअघि कान्तिपुर टेलिभिजनसँगको अन्तरवार्तामा कानुनमन्त्री प्रधानले संघीयता राष्ट्रका लागि भार भएको बताएका थिए। ‘संघीयता राष्ट्रका लागि भार हो’ उनले भनेका थिए। उनले प्रदेश तथा संघीयता देशलाई आवश्यक नभएको पनि बताएका थिए।

यो पनि 

संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीसँग स्पष्टीकरण लिने प्रचण्डको चेतावनी

 

प्रकाशित: १० माघ २०७९ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast