प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

हिमाल प्रेस १० माघ २०७९ १३:५२ | Tuesday, January 24, 2023
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभा नियमावली मस्यौदा समिति मंगलबार गठन गरिएको छ। प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। समितिमा २१ सदस्य छन्।

जसमा सांसदहरू अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन्।

समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको प्रस्तावक सांसद देवेन्द्र पौडेलले जानकारी दिए।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो।

प्रकाशित: १० माघ २०७९ १३:५२ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast