पूर्वगृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्री

हिमाल प्रेस १७ माघ २०७९ १०:२७ | Tuesday, January 31, 2023
पूर्वगृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्री

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका छन्।

केहीबेर अघि प्रधानमन्त्री निवास पुगेर लामिछानेले प्रचण्डलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका लामिछानेको नागरिकता अवैध भएकी निर्णय गरेसँगै पद गएकी थियो। उनी फेरि गृहमन्त्रीमा दाबी गर्दै आएका छन्।

यसविषयमा प्रचण्ड सकारात्मक छैनन्। संसद् पद समेत नरहेका कारण माओवादी लामिछानेलाई गृहमन्त्रालय नदिने पक्षमा छ। सोही विषयमा छलफल गर्न रवि बालुवाटार पुगेको बताइन्छ।

प्रकाशित: १७ माघ २०७९ १०:२७ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast