नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १७ माघ २०७९ १४:०९ | Tuesday, January 31, 2023
नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताएकी छन्।

मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लानुपर्ने चुनौती रहेको बताएकी हुन्।

‘आगामी दिनका लागि टेलिभिजनले गहिरो अध्ययन गरी आधारभूत जनताले महसुस गर्ने खालका योजनाहरू तय गरोस्,’ उनले भनिन्, ‘त्यसलाई लक्ष्य अनुरूप सम्पन्न गर्न आफ्ना सबै साधन, स्रोतको सही ढंगले सदुपयोग गरोस् । र, गर्नेछ भन्ने विश्वास पनि लिएको छु।’

सञ्चारमन्त्री शर्माले गणतन्त्रको सम्वद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसात् गर्दै प्रसारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिइन्।

उनले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरूको सेवासुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताइन्। उनले टेलिभिजनका कर्मचारीहरूले आफ्नो कर्मथलोप्रति सधैँ इमान्दार र प्रतिबद्ध भई काम गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: १७ माघ २०७९ १४:०९ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast