देशलाई संकटमुक्त बनाउन राजनीतिक शक्तिबीच सहकार्य आवश्यक : प्रधानमन्त्री

हिमाल प्रेस २६ पुष २०७९ १३:४० | Tuesday, January 10, 2023
देशलाई संकटमुक्त बनाउन राजनीतिक शक्तिबीच सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश कुनै न कुनै रूपमा संकटमा रहेको बताएका छन्। प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले देशलाई संकटमुक्त गर्न राजनीतिक शक्तिबीच सहकार्य गर्नुको विकल्प नभएको बताएका हुन्।

उनले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको बताए। ‘पहिलोचोटि प्रधानमन्त्री बन्दा अनुभव र टिम थिएन। सिक्दासिक्दै, भित्रै जुध्दाजुध्दै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्‍यो,’ उनले भने, ‘दोस्रो कार्यकाल पनि वैदेशिक उतारचढावकाबीच गुज्रियो। संविधान कार्यान्वयन सहज भइसकेको थिएन। मधेशलाई विश्वास लिँदै स्थनीय तहको चुनावसम्म पुगियो। तर यसपटक विकास, निर्माणसहितका थुप्रै काम गर्नुपर्ने ठाउँमा छौँ।’

उनले दलबीचको सहकार्यलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन्। ‘हामीले हिजो परिवर्तनका धेरै काम वाम र लोकतान्त्रिक शक्ति मिलेर गरेका छौँ,’ उनले भने, ‘त्यसैले अब देश, विकास, निर्माण र समृद्धिका लागि पनि हामी मिलेर नै धेरै काम गर्न सक्छौँ।’

प्रकाशित: २६ पुष २०७९ १३:४० | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast