दुवै सदनको बैठक बस्दै

हिमाल प्रेस १० माघ २०७९ ९:२९ | Tuesday, January 24, 2023
दुवै सदनको बैठक बस्दै

काठमाडौँ- आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ।

त्यस्तै राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने छ।

यस्तै शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: १० माघ २०७९ ९:२९ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast