जसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

हिमाल प्रेस २६ पुष २०७९ ७:१९ | Tuesday, January 10, 2023
जसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

जसपा संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
सोमबार सम्पन्न बैठकले आफ्ना सांसदलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ।

सरकारमा जान जसपाले उपराष्ट्रपति र तीन मन्त्री माग गरेको छ। माग गरेका पदमा सहमति नभए पनि जसपाले विश्वासको मत दिने भएको हो।

प्रकाशित: २६ पुष २०७९ ७:१९ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast