काठमाडौँ- नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ। पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए।
बैठकमा भुसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए। भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
प्रकाशित: ३० पुष २०७९ १३:११ | Saturday, January 14, 2023
प्रतिक्रिया





