कर्णाली प्रदेश सभाको उपसभामुख आज चयन गरिने

हिमाल प्रेस ४ माघ २०७९ ७:५५ | Wednesday, January 18, 2023
कर्णाली प्रदेश सभाको उपसभामुख आज चयन गरिने

सुर्खेत- कर्णाली प्रदेश सभाको उपसभामुख आज बुधबार चयन गरिने भएको छ। हिजो मंगलबार बसेको प्रदेश सभाको बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेको हो।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९९० बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।

बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ। आइतबार भएको निर्वाचनबाट कर्णाली प्रदेश सभाका सभामुखमा एमालेकी नन्दा गुरूङ चयन भएकी छन्।

प्रकाशित: ४ माघ २०७९ ७:५५ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast