एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

हिमाल प्रेस १६ माघ २०७९ १२:५३ | Monday, January 30, 2023
एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओलीलाई भेट्न उपमन्त्री नुल्यान्ड एमाले संसदीय दलको कार्यालयमा पुगेकी थिइन्। भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, नेपालमा सञ्चालित अमेरिकी परियोजनालगायत द्विपक्षीय हितका विषयमा कुराकानी भएको एमालेले जनाएको छ।

आइतबार काठमाडौँ आएकी नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन्। साथै उनले परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आजै पत्रकारसँग अन्तरक्रिया गर्नेछिन्।

प्रधानमन्त्रीलाई भेट्न अमेरिकी उपमन्त्री बालुवाटारमा

 

विदेशीको नियमित भ्रमणबारे किन हुन्छ नेपालमा भ्रामक टिप्पणी?

प्रकाशित: १६ माघ २०७९ १२:५३ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast