नबिल बैंकको बचत खातामा घातक रोग बिमा निरन्तरता

हिमाल प्रेस ५ पुष २०७९ १३:१०
4
SHARES
नबिल बैंकको बचत खातामा घातक रोग बिमा निरन्तरता

काठमाडौँ- नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो चार वर्षदेखि यो बिमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो।

यसअन्तर्गत ३३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ। हरेक बचत खातामा घातक रोगको बिमा तथा आवधिक जीवन बिमा सुविधा योजनाअन्तर्गत बिमा गरेकामध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ।

चार वर्ष अगाडि सुरु भएको घातक रोगमा ३ लाख र आवधिक जीवन बिमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बिमा हरेक खातावालाको लागि गरिँदै आएको छ।

बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु भएको योजनाअन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ। नबिल बैंकका अनुसार मुद्दती बाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा आवधिक जीवन बिमा हुने गरेको छ।

कसरी पाइन्छ यो सुविधा?

यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनुपर्ने बैंकले जनाएको छ।

नबिल बैंकले १३ घातक रोगजस्तै किड्नी फेलर, क्यान्सर, हृदयघात, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज्, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बिमा सुविधा दिने गरेको छ।

प्रकाशित: ५ पुष २०७९ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =