अष्ट्रेलियाका विदेशमन्त्री चीन भ्रमणमा जाने

हिमाल प्रेस ४ पुष २०७९ २१:५१
4
SHARES
अष्ट्रेलियाका विदेशमन्त्री चीन भ्रमणमा जाने

क्यानबेरा– अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ चीन भ्रमणमा निस्किने चएका छन्। डिसेम्बर २०-२१ सम्म चीन स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ जाने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका वाङले अष्ट्रेलियाका विदेशमन्त्रीसँग वार्ता गर्ने प्रवक्ता माओ निङले जानकारी दिएका छन्। चीन र अष्ट्रेलियाका नेताहरूले इन्डोनेसियाको बालीमा भएको भेटवार्तामा भएको मुख्य सहमतिलाई यस भ्रमणले कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास प्रवक्ताले दैनिक पत्रकार सम्मेलनमा बताएका छन्।

यसै वर्षको डिसेम्बर २१ तारिख चीन-अष्ट्रेलिया कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा यो अवर दुईपक्षका लागि आपसी सम्मान, पारस्परिक हितका सिद्धान्तहरू पालन गर्ने र मतभेदलाई घटाउँदै सहयोगका साझा आधार खोज्ने अवसरको रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।

संवादलाई बलियो बनाउन, सहयोग विस्तार गर्न, मतभेदहरू व्यवस्थापन गर्न र द्विपक्षीय सम्बन्धलाई दिगो विकासको सही मार्गमा फर्काउन यो भेटघाट फलदायी हुने उनको भनाइ छ।

प्रकाशित: ४ पुष २०७९ २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =