काठमाडौँ– कामना सेवा विकास बैंकले एससीटी यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ। बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रूपमा सेवा सुरुवात गरेका हुन्।
उक्त कार्ड एससीटी सञ्जालको प्रयोगबाट नेपाल तथा भारतमा प्रयोग गर्न सकिनेछ।
प्रकाशित: ३ पुष २०७९ १५:३८
प्रतिक्रिया