प्रमुख दलहरूले टुंग्याए समानुपातिक सांसदहरूको नाम, को को परे?

हिमाल प्रेस २४ मंसिर २०७९ २२:०९
22
SHARES
प्रमुख दलहरूले टुंग्याए समानुपातिक सांसदहरूको नाम, को को परे?

काठमाडौँ – प्रमुख राजनीतिक दलहरूले शनिबार समानुपातिक सांसदको नाम टुंगो लगाएका छन्। हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्राप्त परिणामपछि दलहरूले समानुपातिक सांसदहरूको नाम टुंगो लगाएका हुन्।

समानुपातिकमा सबैभन्दा अगाडि रहेको नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा ३४ र ७ वटा प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १ सय ४ जना समानुपातिकको नाम टुंगो लगाएको हो। एमालेले प्रदेश-१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा १४ जना, गण्डकीमा १० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा ७ जनाको नाम छनोट गरेको छ।

यस्तै नेपाली कांग्रेसले समानुपातिक सांसदको नाम छनोट गरी उनीहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाएको छ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरी उनीहरूको नाम निर्वाचन आयोगमा बुझाएको जनाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विभिन्न क्लस्टरबाट समानुपातिक सांसदमा १३ जनाको नाम टुंगो लगाएर आयोगमा सूची बुझाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि शनिबार नै ७ जना समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ। तर यस पार्टीले ती सांसदहरूको नाम सार्वजनिक गरिसकेको छैन।

यता नेकपा एकीकृत समाजवादीले भने निर्वाचनमा थ्रेस होल्ड कटाउन नसकेका कारण प्रतिनिधिसभातर्फ समानुपातिक सांसद पाउन सकेन। यो पार्टीले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सीट पाएकोमा ती सीटमा समानुपातिक सांसदको नाम टुंग्याएको छ।

विस्तृतमा हेर्नूस्:

कांग्रेसले छान्यो ३२ जना समानुपातिक सांसद (नामसहित)

एमालेले टुंग्यायो समानुपातिक सांसदहरूको नाम (सूचीसहित)

माओवादी केन्द्रले छान्यो १४ जना समानुपातिक सांसद (नामसहित)

राप्रपाबाट ७ जना समानुपातिक सांसदको सूचीमा

नेकपा एसले छान्यो सातै प्रदेशका समानुपातिक सांसद (नामसहित)

 

प्रकाशित: २४ मंसिर २०७९ २२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =