बीवाइडीका गाडीमा नबिल बैंकले ८० प्रतिशत कर्जा दिने

हिमाल प्रेस २२ मंसिर २०७९ १७:४७
10
SHARES
बीवाइडीका गाडीमा नबिल बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौँ– नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक र नबिल बैंकबीच कर्जा सम्झौता भएको छ। दुई संस्थाबीच भएको सम्झौताअनुसार बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन्।

नबिल बैंकले बिवाइडीका गाडीमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ। नबिलले १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको अवधिका लागि कर्जा दिनेछ। साइमेक्स इंकले बीवाइडीको एसयूभी एटो–३ र अल न्यू इ–६ इभी नेपालमा विक्री
गर्दै आएको छ।

साइमेक्स इंकले अघिल्लो महिनाबाट मात्रै विक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेको छ।

प्रकाशित: २२ मंसिर २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =