४ वटा प्रदेशमा कांग्रेस र ३ वटामा एमाले पहिलो दल (कुन प्रदेशमा कसको कति सिट?)

हिमाल प्रेस २१ मंसिर २०७९ १९:४७
4.2k
SHARES
४ वटा प्रदेशमा कांग्रेस र ३ वटामा एमाले पहिलो दल (कुन प्रदेशमा कसको कति सिट?) तस्बिरः रासस

काठमाडौँ– प्रदेशसभा सदस्यतर्फ बागमति प्रदेशमा ३७, गण्डकीमा २७, कर्णालीमा १४, सुदुरपश्चिममा १९ सिट सहित ४ वटा प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। बाकी प्रदेश १ मा ४०, मधेश प्रदेशमा २३ र लुम्बिनिमा २९ सिट सहित ३ वटा प्रदेशमा एमाले पहिलो दल बनेको हो।

प्रदेश १ मा प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ सिट गरी ४० सिट ल्याएर नेकपा एमाले पहिलो दल बनेको छ। नेपाली कांग्रेस प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ सिट गरी २९ सिटसहित दोस्रो दल बन्न पुगेको छ। यसै गरी नेकपा माओवादी केन्द्र १३, राप्रपा ६, नेकपा एस ४, जसपा १ सहित ६ वटा दल प्रदेश १ को प्रादेशिक पार्टी भएका छन्। मधेश प्रदेशमा २३ सिटसहित नेकपा एमाले पहिलो दल बनेको छ भने २२ सिट सहित नेपाली कांग्रेस दोस्रो दल बन्न पुगेको छ।

यसै गरी जसपा १६, जनमत १३, लोसपा ९, माओवादी ८, नेकपा एस ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाले समान १–१ सिट पाएका छन्। ६ जना स्वतन्त्रले एक एक सिट पाएका छन्।

बागमती प्रदेशसभातर्फ नेपाली कांग्रेस ३७ सिटसहित पहिलो दल बनेको छ। नेकपा एमाले २७ सिटसहित दोस्रो, नेकपा माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एस ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सिट ल्याएको छ।

यसैगरी गण्डकी प्रदेशमा २७ सिटसहित नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ भने २२ सिटसहित एमाले दोस्रो, नेकपा माओवादी केन्द्र ७ सिट ल्याएर तेस्रो भएको छ। यहाँ राप्रपा २, नेसपा १ पाँचवटा दलका र १ जना मनाङबाट प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।

लुम्बिनी प्रदेशमा २९ सिटसहित नेकपा एमाले पहिलो, २७ सिटसहित नेपाली कांग्रेस दोस्रो, माओवादी ९, नागरिक उनमुक्ती ४, राप्रपा ४, जसपा ३, जनमत ३, लोसपा ३, राष्ट्रिय जनमोर्चा १, नेकपा एस १ र स्वतन्त्र ३ जना सांसद निर्वाचित भएका छन्।

कर्णाली प्रदेशमा १४ सिट सहित नेपाली कांग्रेस पहिलो दल भएको छ भने नेकपा माओवादी केन्द्र १३ सिटसहित दोस्रो, नेकपा एमाले १०, राप्रपा, नेकपा एस र स्वतन्त्रले एक– एक सिट पाएका छन्। यसैगरी सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेस १९ सिटसहित पहिलो, नेकपा माओवादी केन्द्र ११ सिट सहित दोस्रो, नेकपा एमाले १०, नागरिक उनमुक्ती ७, नेकपा एस ४, राप्रपा र स्वतन्त्रले एक–एक सिट पाएका छन्।

मधेश प्रदेशमा भने समानुपातिकतर्फ नेपाली कांग्रेस ठूलो दल भएको छ। मधेश प्रदेशमा कांग्रेस पहिलो दल बनेको छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले बराबर सिट पाएका छन्।

प्रकाशित: २१ मंसिर २०७९ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =