आयोगले दलहरूलाई पठायो समानुपातिक सांसद संख्याको पत्र

हिमाल प्रेस २१ मंसिर २०७९ १९:३७
4
SHARES
आयोगले दलहरूलाई पठायो समानुपातिक सांसद संख्याको पत्र

काठमाडौँ– निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसद् संख्या दलहरूलाई पठाएको छ।

समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त सिट संख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई बुधबार (आज) पत्र पठाएको हो।

दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको आयोगका सहप्रवक्ता सूर्य अर्यालले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न दलहरूलाई पत्र पठाएको हो।

थ्रेस होल्ड कटाउने दलले समावेशी समुह मिलाएर बन्दसूचीमा रहेकामध्येबाट नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

दलहरूले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीका आधारमा पाउने सिट संख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्ने उनले जानकारी दिए। सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ ३ दिन समय पाउनेछन्।

दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २६ गतेभित्र निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको पनि सहप्रवक्ता अर्यालले जानकारी दिए।

यो पनि पढ्नूस्:

समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई (हेर्नूस् अन्तिम सूची)

प्रकाशित: २१ मंसिर २०७९ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =