हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गरिने

हिमाल प्रेस २१ मंसिर २०७९ १८:५१
4
SHARES
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गरिने

हेटौँडा– हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएको छ। उक्त केन्द्र स्थापना गर्न बुधबार विभिन्न तीन संस्थाबीच सम्झौता भएको छ।

केन्द्र स्थापनाका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाबीच त्रिपक्षीय सम्झौता भएको हो।

अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश सरकारको सहयोगमा मिर्गौला प्रत्यारोपण सुरु गरिने भएको हो।

बुधबार भएको सम्झौतासँगै केन्द्र स्थापनाको कार्य चाँडै अगाडि बढ्ने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए।

हेटौँडा अस्पतालको विकासमा प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. जोशीले हेटौँडा अस्पतालमा सेवा विस्तार भएपछि धेरैलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे।

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ बजेट छुट्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =