महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि अदालत जाने तयारीमा चोलेन्द्र

हिमाल प्रेस २१ मंसिर २०७९ १२:२३
3.4k
SHARES
महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि अदालत जाने तयारीमा चोलेन्द्र

काठमाडौँ- संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र बुझाएको छ। संसद्‍मा उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र जबरालाई दिइएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

‘अरू विषयमा मलाई जानकारी भएन, महाअभियोग निष्क्रिय भएको पत्र भने दिइएको छ,’ उनले हिमालप्रेससँग भने।

महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि जबरा आज (बुधबार) सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारी गरेका छन्।

गत वर्ष १ फागुनमा संघीय संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले उमेर हदका कारण मंसिर २७ गते अनिवार्य अवकाश पाउँदैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =