सेगवेले काठमाडौँमा १० चार्जिङ स्टेसन जडान गर्ने

हिमाल प्रेस २० मंसिर २०७९ १४:०५
14
SHARES
सेगवेले काठमाडौँमा १० चार्जिङ स्टेसन जडान गर्ने

काठमाडौँ- सेगवे नाइनबटले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न काठमाडौँ उपत्यकामा १० वटा चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको छ।

सेगवे विद्युतीय सवारीसाधनको आधिकारिक वितरक आइहब प्रालिले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गर्ने बताएको छ।

यी चार्जिङ स्टेसनमा ‘फास्ट चार्जर’ राखिने कम्पनीले जनाएको छ। विद्युतीय सवारीसाधनहरूको प्रयोगकर्ता बढ्दै गएकाले कम्पनीले उपत्यका बाहिर पनि चार्जिङ स्टेसन जडान गर्ने जनाएको छ।

छोटो दूरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको हो।

यसले व्यावसायिक ग्रेड, इलेक्ट्रिक र सेल्फ ब्यालेन्सिङ निजी सवारीसाधन बनाइरहेको छ।

प्रकाशित: २० मंसिर २०७९ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =