सेगवे-नाइनबटको एन-१०० सार्वजनिक

हिमाल प्रेस २९ माघ २०७९ १२:३८
4
SHARES
सेगवे-नाइनबटको एन-१०० सार्वजनिक

काठमाडौँ- सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले एन सिरिजअन्तर्गतको नाइनबट एन–१०० नेपाली बजारमा उपलब्ध गराएको हो।

यसमा २२०० वाटको कस्टमाइज्ड बुसलेस मोटर जडित छ। जसले गर्दा एक पटकको चार्जमा १०५ किमिसम्मको यात्रा गर्न सकिन्छ। यसमा एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गोजस्ता विशेषता छन्।

एन–१०० मा मोबाइल एपसहितको प्रविधि पनि जडान गरिएको छ। जसमार्फत् गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ। यो स्कुटर ब्लुटुथको माध्यमबाट लक र अनलक गर्न सकिन्छ। त्यसका साथै रिमोटमार्फत् टाढैबाट स्कुटर अन र अफ गर्न सकिन्छ।

यसमा भएको पार्किङ सेन्सरले स्कुटर पार्क गर्दा सारिएको बेला सचेत गराउने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ माघ २०७९ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =