‘नयाँ सरकारले तीनमहिनाभित्र जन्मसिद्ध नागरिकता दिने निर्णय नगरे एमालेले आन्दोलन गर्छ’

हिमाल प्रेस १६ मंसिर २०७९ १६:१९
4
SHARES
‘नयाँ सरकारले तीनमहिनाभित्र जन्मसिद्ध नागरिकता दिने निर्णय नगरे एमालेले आन्दोलन गर्छ’

जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले अब बन्ने सरकारले तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरूलाई नागरिकता दिने निर्णय नगरे एमालेको नेतृत्वमा भिषण आन्दोलन हुने बताएका छन्। प्रेस चौतारी धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले नागरिकताका लागि एमालेले देशव्यापी आन्दोलन गर्ने र कम्तिमा मधेश प्रदेशमा आन्दोलनलाई सफल बनाएरै छाड्ने बताएका हुन्।

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए। नागरिकता नपाएर करिब ६/७ लाख जना युवा पठनपाठन र रोजगारीबाट बन्चित भएको भन्दै उनले उनीहरुका लागि भएपनि यस विषयमा अविलम्ब निर्णय हुनुपर्ने बताए । उनले मधेशको समस्या प्रति एमाले गम्भिर र चिन्तनशिल रहेको कुरा जनताले बुझेकै कारण मधेशमा एमाले प्रतिनिधी र प्रदेशसभा दुवै तर्फ पहिलो दल बनेको दावी समेत गरे।

प्रकाशित: १६ मंसिर २०७९ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =