सांसद कोइरीलाई अपराधीका रूपमा हेर्न हुँदैन : रघुवीर महासेठ

हिमाल प्रेस १० माघ २०७९ १५:२२
4
SHARES
सांसद कोइरीलाई अपराधीका रूपमा हेर्न हुँदैन : रघुवीर महासेठ

काठमाडौँ- नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा महासेठले महतो अहिले पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्न माग गरेका हुन्।

उनले सांसद कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्। उनले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको रूपमा हेर्न नहुने जिकिर गरे। उनले कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजीकरण गर्ने उल्लेख गरे।

महासेठले जनकपुरमा रोहितकुमार साह र विष्णुकुमार साहको अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरे। अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको उनले बताए।

प्रकाशित: १० माघ २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =