डेरी व्यवसायीले मनपरी ढंगले बढाए दूधको मूल्य

हिमाल प्रेस १६ पुष २०७९ २१:२२
4
SHARES
डेरी व्यवसायीले मनपरी ढंगले बढाए दूधको मूल्य प्रतीकात्मक तस्बिर।

काठमाडौँ– केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन्। किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन्। सीमित व्यवसायीले दूधको मूल्य बढाएबारे निकायम निकायले कुनै कदम चाल्न सकेको छैन। डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहेका छन्।

‘वार्षिक मूल्य वृद्धि एवम् उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक २ वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ,’ राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा उल्लेख छ। राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) मा दुग्ध विकास बोर्डले दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकारसमक्ष सिफारिस गर्ने भनिएको छ।

यसरी विद्यमान कानुनी व्यवस्थाले दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपछि व्यवसायीले भने ११ महिनामै मूल्य बढाएका हुन्। यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो। १ वर्ष नपुग्दै व्यवसायीले एकतर्फी रूपमा मूल्य बढाएका हुन्।

दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परेपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीहरूको भनाइ छ। किसानको उत्पादन लागत नै महँगो परेपछि बाध्य भएर मूल्य बढाएको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए।

‘दाना, चोकरको मूल्य बढेका कारण लागत बढ्यो। कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको छ। मूल्य बढाउन किसानले पटकपटक दबाब दिए। महँगोमा नकिने किसान पलायन हुने र दूध नपाउने अवस्था आयो,’ उनले भने।

गतवर्ष माघमा सरकारले दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ९७ पैसा तोकेको थियो। त्यसमध्ये किसानले प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पाउँछन् भने प्रतिलिटर ९३ पैसा चिस्यानमा राख्ने खर्चका रुपमा रहन्छ।

तर पछिल्लो समय किसानले नै प्रतिलिटर ७० रुपैयाँसम्ममा दूध बेच्न थालेको र किसानबाट खरिद मूल्य बढेपछि बजारमा उपभोक्ता मूल्य पनि बढाइएको उनको भनाइख छ। -रासस

प्रकाशित: १६ पुष २०७९ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =