कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस १६ पुष २०७९ १३:५०
2
SHARE
कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु सांकेतिक तस्बिर।

कैलाली- कैलालीमा हायस गाडी दुर्घटना भएको छ। जिल्लाको गौरिगंगा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन्।

गौरीगंगा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ४०६ नम्बरको हायस दुर्घटनामा परेको हो।

दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नं १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ पुष २०७९ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =