खुला सीमामा हुने अवैध व्यापार रोक्न गृहमन्त्रीसँग सीएनआईको आग्रह

हिमाल प्रेस १३ पुष २०७९ १७:१७
4
SHARES
खुला सीमामा हुने अवैध व्यापार रोक्न गृहमन्त्रीसँग सीएनआईको आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटेर खुला सीमामा हुने अवैध व्यापारबारे जानकारी गराएको छ। बुधबार मन्त्रालयमा भेटवार्ता गर्दै सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उद्योगी व्यवसायीहरूको समस्या, सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको हो।

‘सरकारले प्रतिबन्ध लगाएका वस्तुसमेत बजारमा पाइनुले अवैध व्यापार पुष्टि गर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘यो अव्यवस्था नियन्त्रणमा गृह मन्त्रालयले चासो राख्नुपर्‍यो।’ अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजश्व गुमाइरहेको र उद्योगी व्यवसायी हतोत्साही भएको अग्रवालले जानकारी गराए।

अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल खस्किएको बताए। सीएनआईले ‘मेक इन नेपाल’ अभियानको सुझावअन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीको पोशाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन पनि आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =