सत्ता गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस ९ पुष २०७९ १२:३९ | Saturday, December 24, 2022
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज(शनिबार) दिउँसो ३ बजे बस्दैछ। सत्ता गठबन्धनका दलले तोकिएको समय सीमाभित्र नयाँ सरकार गठन गर्ने प्रयास जारी राखेका छन्।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई दिएको समय आइतबार साँझ ५ बजे सकिँदै छ। उक्त समयभित्र बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न आउन राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन्।

सरकार नेतृत्वकै विषयमा कांग्रेस र माओवादी केन्द्र आआफ्ना अडानबाट पछि नहटेपछि शुक्रबार सत्ता गठबन्धनको बैठक नै बस्न सकेन। तर, शुक्रबार बेलुकी देउवा र प्रचण्डबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो। तर छलफल बिनानिष्कर्ष टुंगियो।

प्रकाशित: ९ पुष २०७९ १२:३९ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast