रौतहट- रौतहटको नेपाल–भारत सीमा नाका दुई दिन बन्द गरिने भएको छ।
आउँदो पुस ३ गते (डिसेम्बर १८) भारतको बैरगनिया क्षेत्रमा हुन लागेको नगरपालिका आम निर्वाचनको लागि नाका दुई दिन बन्द हुने भएको हो।
जिल्ला निर्वाचन कार्यालय, सीतामढीले सूचना जारी गर्दै शुक्रबार (डिसेम्बर १६) साँझदेखि आइतबार साँझ (डिसेम्बर १८) सम्मको लागि सीमा नाका बन्द गर्न लागेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने उद्देश्यले ४८ घण्टा सीमा नाका बन्द रहने सूचना भारतीय प्रशासनले दिएको हो ।
प्रकाशित: १ पुष २०७९ ७:५९ | Friday, December 16, 2022
प्रतिक्रिया





