रेशम चौधरीलाई माफी दिन ल्याइएको अध्यादेशविरुद्ध परेको रिट दर्ता भएन

हिमाल प्रेस २९ मंसिर २०७९ १७:२१ | Thursday, December 15, 2022
रेशम चौधरीलाई माफी दिन ल्याइएको अध्यादेशविरुद्ध परेको रिट दर्ता भएन सर्वोच्च अदालत

काठमाडौँ- कामचलाउ सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दरपिठ गरिएको छ। टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहितलाई माफी दिन ल्याएको रिट संविधानविरुद्ध भएको भन्दै अधिवक्ता कपिलदेव ढकालसहितले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

तर, सर्वोच्च अदालतले रिटलाई अपरिपक्व भन्दै दर्ता गर्न नमिलेको जनाएको छ। ‘अध्यादेश जारी नहुँदै आशंकाकै भरमा रिट निवेदन लिई आएको देखिँदा अपरिपक्व अवस्थामा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन,’ सर्वोच्च अदालतले भनेको छ।

सरकारले ल्याएको अध्यादेश अहिले राष्ट्रपतिको कार्यालयमा विचाराधीन छ।

 

*सच्चाइएको : अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दरपिठ हुनुपर्नेमा रिट दायर भन्ने शब्द परेकाले सच्चाइएको छ। – सम्पादक

प्रकाशित: २९ मंसिर २०७९ १७:२१ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast