राष्ट्रपति आज सुर्खेत जाँदै

हिमाल प्रेस ८ पुष २०७९ ८:१३ | Friday, December 23, 2022
राष्ट्रपति आज सुर्खेत जाँदै फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत जान लागेकी छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे भण्डारी सुर्खेत जान लागेकी हुन्।

महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यस्तै राष्ट्रपतिले दिउसो १२ः३८ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ पुष २०७९ ८:१३ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast