नेकपा एसले छान्यो सातै प्रदेशका समानुपातिक सांसद (नामसहित)

हिमाल प्रेस २४ मंसिर २०७९ २१:०४ | Saturday, December 10, 2022
नेकपा एसले छान्यो सातै प्रदेशका समानुपातिक सांसद (नामसहित)

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले समानुपातिक सांसदको टुंगो लगाएको उपमहासिचव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सीट पाएको थियो। प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १० सीट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेपछि यसतर्फ समानुपातिक सांसद सीट पाउन सकेन।

यी हुन् नेकपा एस प्रदेशसभातर्फका समानुपातिकमा छनोट भएका सांसदहरू:

प्रदेश १:

आदिवासी जनजाति:

-विद्या चाम्लिङ राई

मधेस प्रदेश:

-रत्नेश्वर गोइत यादव

-किशोरी देवी

-लक्ष्मीदेवी

बागमती प्रदेश:

-ओमकुमारी श्रेष्ठ

-मायादेवी शर्मा

लुम्बिनी प्रदेश:

-भगवती घिमिरे

कर्णाली प्रदेश:

-कल्याणी खड्का

सुदूरपश्चिम:

-माया पन्त

प्रकाशित: २४ मंसिर २०७९ २१:०४ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast