अशोक राईलाई पन्छाउँदै उपेन्द्रले रामसहायलाई बनाए संसदीय दलको नेता

हिमाल प्रेस १३ पुष २०७९ १२:४२ | Wednesday, December 28, 2022
अशोक राईलाई पन्छाउँदै उपेन्द्रले रामसहायलाई बनाए संसदीय दलको नेता

काठमाडौँ- जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन्। अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष अशोक राईलाई पन्छाएर आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन्।

उपेन्द्र यादवले सबै सांसदलाई रामसहाय सर्वसम्मत दलको नेता चयन भएको जानकारी गराइसकेका छन्। जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच सांसद थिए भने सात जना उपेन्द्र यादव पक्षका थिए।

प्रकाशित: १३ पुष २०७९ १२:४२ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast