६ अस्पताललाई ज्योति विकास बैंकले दियो बेबी वार्मर

हिमाल प्रेस १३ पुष २०७९ १७:२६ | Wednesday, December 28, 2022
६ अस्पताललाई ज्योति विकास बैंकले दियो बेबी वार्मर

काठमाडौँ- ज्योति विकास बैंकले ६ वटा अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले राष्ट्रिय आविष्कार केन्द्रले बनाएका बेबी वार्मर प्रदान गरेको हो।

बैंकले फेटा स्वास्थ्य चौकी, बारा, खैरहनी नगर अस्पताल र बघौडा अस्पताल, चितवन, हर्नैया स्वास्थ्य चौकी, रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी, दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुरलाई बेबी वार्मर दिएको हो।

बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो। बैंकले आविष्कार केन्द्रसँग सहकार्य गरी हालसम्म देशभरका ३२ अस्पताल तथा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरिसकेको छ।

प्रकाशित: १३ पुष २०७९ १७:२६ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast