कपिलवस्तुमा ३७ हजारभन्दा बढी मत बदर

हिमाल प्रेस १३ मंसिर २०७९ १३:०८
4
SHARES
कपिलवस्तुमा ३७ हजारभन्दा बढी मत बदर

कपिलवस्तु- मतदाता शिक्षाको पहुँच नपुग्दा कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर भएका छन्। आम निर्वाचनअन्तर्गत जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणनाको क्रममा सो संख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ १३ हजार ४५६ मत र प्रदेशसभातर्फ ११ हजार १४३ मत बदर भएको कार्यालयले बताएको हो। प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै मत बदर भएका छन्।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा अन्तर्गत १ प्रदेश सभा १ मा १ दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको कार्यालयले उल्लेख गरेको छ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएकाले मत बदर भएको स्थानीयको गुनासो छ।

प्रकाशित: १३ मंसिर २०७९ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =